१६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइँदै

माघ १३, २०८१

नवीन पौडेल

16 thousand girls are being vaccinated against cervical cancer

परासी — पश्चिम नवलपरासीका १६ हजार २ सय ९३ जना बालिकालाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा २ सय १ वटा खोप केन्द्रमार्फत खोप अभियान संचालन गर्न लागिएको हो । अभियानको विषयमा जानकारी दिन आइतबार परासीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत बालिका तथा किशोरी खोप अभियानमा सहाभागी भए पनि विद्यालय बाहिर रहेका ६ सय २४ जना बालिकालाई खोपमा समेट्न पहल गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए । 

अभियानमा सबैभन्दा धेरै सुनवल नगरपालिकामा ३ हजार ३ सय १७ र सबैभन्दा कम सुस्ता गाउँपालिकामा १ हजार ४ सय २३ जनाले खोप लगाउने छ्न् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully