रोल्पामा सकेट बम फेला

माघ १२, २०८१

काशीराम डाँगी

Socket bomb found in Rolpa

रोल्पा — पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिकाको दहबनमा सकेट बम फेला परेको छ । प्रहरीका अनुसार शनिबार दिउँसो साढे ४ बजेतिर त्रिवेणी-२ दहबनमा बम भेटिएको हो ।

बम दहबनस्थित सडक विभागको कार्यालय क्षेत्रभित्र सेप्टिक ट्यांकी खन्ने क्रममा फेला परेको हो । कार्यालयका कर्मचारीले बम छ भन्ने खबर गरेपछि घटनास्थलमा होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा ७ जनाको प्रहरी अनुसन्धान टोली र नेपाली सेनाको अनुसन्धान टोली घटनास्थल पुगेका थिए । दहबनस्थित सेनाको अस्थायी टोली बटुक दल गणको तालिम केन्द्रको रोल्पा लिवाङको सेनानी रामप्रताप गडेरीको नेतृत्वमा ५ जनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गरिसकेको छ । 

दहबनमा रहेको केन्द्रमा पूर्वमाओवादीका लडाकुको क्यान्टोनमेन्ट थियो । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully