प्रदेशका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी

माघ ९, २०८१

दुर्गालाल केसी

The chief secretary officer of the province handled the responsibility

दाङ — लुम्बिनी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी बाबुराम अधिकारीले सम्हालेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका (देउखुरी)मा प्रमुख सचिव अधिकारीलाई बुधबार स्वागत गरिएको हो ।

यसअघि अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा कार्यरत थिए । जिम्मेवारी सम्हाल्दै प्रमुख सचिव अधिकारीले स्थानीय निजामती सेवा नियमावलीको मस्यौदा तर्जुमा र प्रदेश निजामती सेवा नियमावली, २०८० मा आवश्यक संशोधनका लागि कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

स्थानीय निजामती सेवा ऐन २०८१ तर्जुमा र प्रदेश निजामती सेवा ऐनमा आवश्यक संशोधन भइसकेको छ । अब दुवै ऐन कार्यान्वयनका लागि नियमावली बनाउन थालिएको हो । 

प्रदेश सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । जसका सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारी प्रशासन शाखाका उपसचिव, शासकीय सुधार तथा समन्वय शाखाका उपसचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव र मुख्यमन्त्री कार्यालयका कानुन उपसचिव सदस्य-सचिव रहेका छन् ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully