मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु 

माघ ३, २०८१

मनोज पौडेल

Two people died when a motorcycle collided with each other

कपिलवस्तु — दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।

तौलिहवा–जीतपुर सडक खण्ड अन्तर्गत वाणगंगा नगरपालिका ११, देउवापारमा जीतपुर जाँदै गरेको लु १० प ४४९६ नम्बरको मोटरसाइकल र तौलिहवा आउँदै गरेको युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल बुधबार साँझ ५ बजे एकआसपमा ठोक्किएका थिए ।

उक्त दुर्घटनामा नेपाली नम्बरका मोटरसाइकल चालक रुपन्देहीको सैनामैना नगरपालिका-४ का २७ वर्षे रोमन थारु र भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ३५ वर्षे नेहामत अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

दुबैको उपचारका क्रममा भैरहवास्थित मेडिकल कजेलमा बुधवार राति ११ बजेतिर मृत्यु भएको थियो । दुर्घटनामा घाइते नेपाली नम्बर प्लेटमा सवार रुपन्देहीको सैनामैना नगरपालिका-४ का २६ वर्षे अजय थारु घाइते भएका छन् । उनको भैरहवामा उपचार भइरहेको छ । 

मनोज

Link copied successfully