लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक बिदा

पुस २९, २०८१

घनश्याम गौतम

Public holiday in Lumbini region on January 2

बुटवल — लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।

यस वर्ष पनि माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले बताए ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

माघ १ गते राष्ट्रिय बिदा क्यालेन्डरमा निर्धारित गरिएपछि प्रदेश सरकारले माघ २ गते बिदा दिने गरेको  हो । थारु समुदायले माघी पर्वलाई ३ दिन विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully