पाल्पा — तानसेन–तम्घास सडकखण्डको तानसेन नगरपालिका–११, बन्दीपोखरा सामाकोटमा फोर्स गाडीको ठक्करबाट ४६ वर्षीया सीता गहतराजको शनिबार राति मृत्यु भएको छ ।
सडकमा पैदल हिँडिरहेका बेला पाल्पाको तानसेनदेखि गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी गहतराजलाई उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लगिएको थियो । उपचारका क्रममा गहतराजको मृत्यु भएको हो ।
प्रहरीले फोर्स बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए ।
