घोराही उपमहानगरमा सोमबार सार्वजनिक बिदा

पुस २८, २०८१

दुर्गालाल केसी

Monday is a public holiday in Ghorahi sub-metropolis

दाङ — घोराही उपमहानगरपालिकाले माघी पर्वको अवसरमा पुस २९ गते सोमबार सार्वजनिक बिदा दिएको छ । आइतबारको नगर कार्यपालिका बैठकले नेपालीहरुको पर्व मकर संक्रान्ति-२०८१ तथा थारु संवत् २६४८ (माघी पर्व)को अवसरमा बिदा दिने निर्णय गरेको नगर प्रमुख नरूलाल चौधरीले बताए ।

थारु समुदायको विशेष पर्व माघीको अघिल्लो दिन सुंगुर मार्ने दिन रहेकोले सोमबार घोराही उपमहानगरपालिकाअन्तर्गतका सबै कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको उनले जनाए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully