बर्दियामा एकैदिन ६ जना फरार प्रतिवादी पक्राउ

पुस २७, २०८१

कमल पन्थी

6 absconding defendants arrested in Bardia on the same day

बर्दिया — प्रहरीले एकै दिन ६ जना फरार प्रतिवादी पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, मैनापोखर र ढोढरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला अदालत, बर्दियाको विभिन्न मितिमा कैद तथा जरिवाना सजाय भई फरार रहेका अंश र लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन् । अदालतबाट ०७९ साल कार्तिक २० गतेको फैसलाले अंश मुद्दामा दोषी ठहर भएका बढैयाताल गाउँपालिका-४ की सिखनी थरुनी र सोही ठाउँकी अन्जु थारु रहेका छन् ।

यसै गरी सोही मुद्दाका उक्त गाउँपालिका–३ का सादिर अली शेष र सोही गाउँपालिका–७ धनीराम भन्ने रामधनी चमार पनि पक्राउ परेका छन् । शेषलाई अदालतले ०८० साल पुस ९ गते र चमारलाई ०८१ असार २६ गतेको फैसलाबाट सजाय तोकेको थियो ।

त्यसैगरी बढैयाताल गाउँपालिका–१ का सुजन पुन मगर र मधुवन नगरपालिका–४ का किशोर लागूऔषध मुद्दामा ०८१ साल असार ३ गतेको अदालतको सजाय फैसलाले फरार प्रतिवादी हुन् ।

उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully