चिसोको कारण बर्दघाटमा ३ दिन विद्यालय बन्द

पुस २४, २०८१

नवीन पौडेल

School closed for 3 days in Bardghat due to cold

परासी — शीतलहर र हुस्सुको कारण चिसो बढेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिका भित्र सञ्चालनमा रहेका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ  ।

गएको तीन चार दिनदेखि हुस्सु र शीतलहरले जनजीवन प्रभावित बनेको र बालबालिका बढी प्रभावित हुने भएकाले पुस २४, २५ र २६ गते विद्यालय बन्द गरिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए । 

नगरले तय गरेको शैक्षिक क्यालेन्डरमा परिस्थितिजन्य बिदा दिन मिल्ने व्यवस्था अन्तर्गत बिदा गरिएको नगरले जनाएको छ ।  बर्दघाट नगरपालिकामा सामुदायिक र संस्थागत गरेर ३७ वटा विद्यालय सञ्चालनमा छ्न् । नगरपालिकाले चिसोबाट बच्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि आग्रह गरेको छ । 

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully