बर्दिया — जिल्ला अदालतबाट विभिन्न समयमा कैद सजाय फैसला भएका १२ जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरिएको छ । पक्राउ परेका लागू औषध, चेक अनादर, अभद्र व्यवहार, जालसाज, अंश सहितको सम्बन्ध विच्छेद र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
जालसाज मुद्दाका विकास पुन, चेक अनादरका अमिर खान, लागूऔषध ब्राउन सुगरका रोजन पुरी, प्रकाश सुनार, अभद्र व्यवहारका पाँच जना किशोर, अंशसहित सम्बन्ध विच्छेदका भविन्द्रसिंह ठकुरी र सवारी ज्यानमा एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्ती मगरले बताए ।
पक्राउ परेका १२ जनालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत, बर्दियामा दाखिला गरेको उनले जनाए ।
