दाङ — तुलसीपुरमा ट्रकको ठक्करबाट बिहीबार एक वृद्धको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले बीपी चोकमा ठक्कर दिँदा पैदलयात्री तुलसीपुर–५ का ७० वर्षीय टेकबहादुर गिरीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट घाइते गिरीको उपचारका क्रममा नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको हो । घाइते गिरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो ।
ट्रक चालक घोराही उपमहानगरपालिका–१४ का ४५ वर्षीय प्रेमबहादुर सुनारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
