बर्दिया — बबई सिँचाइ आयोजनाअन्तर्गत बर्दियाको सदरमुकाम गुलरियामा पहिलो पटक करिब १५ किलोमिटर मूल तथा शाखा नहर निर्माणको शिलान्यास भएको छ । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले सोमबार एक समारोहबीच नहरको शिलान्यास गरेका हुन् ।
मूल नहर करिब ४ किलोमिटर र शाखा नहर १० दशमलव ७ किलोमिटर लामो रहेको छ । नहर निर्माण भएपछि सदरमुकाम गुलरियामा करिब ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा हुने छ । स्वच्छन्द निर्माण सेवा,काठमाडौंले ठेक्का लिएको र बन्दना भगवती ब्ल्याक बक कम्मनी बर्दियाले कामको जिम्मा लिएको हो ।
८३ करोडको लागतमा ठेक्का लिएको ब्लाक बक निर्माण कम्पनीका सञ्चालक विमल केसीले बताए । गुलरिया–१ मा शिलान्यास गरिएको नहर ०८३ साल माघ मसान्तभित्र सम्पन्न गर्नु पर्ने आयोजना प्रमुख सुशील देवकोटाले बताए ।
