किशोरीमाथि बलात्कार गरेर फरार दुई युवा पक्राउ

पुस १४, २०८१

रुपा गहतराज

Two young men arrested after raping a girl

नेपालगन्ज — गत पुस ३ गते राति मेला हेरेर घर फर्किरहेकी बाँकेको नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि बलात्कार गरेर फरार भएका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर–४ नरैनापुर बस्ने २८ वर्षीय मोहम्मद इसरार खा र ३० वर्षीय मोहम्मद रिजवान खा छन् ।

भारतीय मोटरसाइकलमा सवार उनीहरुले मेलाबाट फर्किँदै गरेकी किशोरीलाई जबर्जस्ती जंगलमा लगेर करणी गरेको पीडित किशोरीको बयानका आधारमा शनिबार पक्राउ गरीएको इलाका प्रहरी भगवानपुरका निरीक्षक टोपेन्द्र बुढामगरले बताए ।

आरोपित दुवैका विरुद्ध पुस ६ मा पक्राउ पुर्जी जारी गरिएको थियो 

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully