गुल्मीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पुस १३, २०८१

घनश्याम गौतम

Driver dies in tipper accident in Gulmi

बुटवल — सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हॅुदा चालकको मृत्यु भएको छ । सहचालक घाइते भएका छन् ।

रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिकाको वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा शुक्रबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  चालक पाल्पाको रैनादेवी गाउँपालिका-१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले बताए ।

टिपर दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए । दुर्घटनामा सल्यान बनगाउँ-७ का २३ वर्षीय मोहन जैसी सामान्य घाइते भएका छन् ।

दुर्घटना ग्रस्त टिपर सडकबाट झन्डै २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully