लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान

पुस ८, २०८१

घनश्याम गौतम

Convocation of the fifth session of the Lumbini State Assembly

देउखुरी — लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेशन पुस १६ गतेका लागि आह्वान भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १६ गते प्रदेश सभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशको वर्षे अधिवेशन भदौ ३१ गतेसम्म चलेर अन्त्य भएको थियो । वर्षे अधिवेशन सकिएको साढे तीन महिनापछि सरकारले हिउँदे अधिवेशन आह्वान गर्न लागेको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी ईश्वरीप्रसाद आचार्यका अनुसार वर्षे अधिवेशनले दुई साल बसालीसहित ६ विधेयक पारित गरेको थियो । लुम्बिनी प्रदेश सभालाई सरकारले बिजनेस दिन नसक्दा लामो समय अधिवेशन आह्वान हुन सकेको थिएन । 

प्रदेश सभाको पाँचौं बैठकले प्रदेश सभाबाट पारित भएर सभामुख तुलाराम घर्तीले प्रमाणीकरण गरेर प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए । तर, प्रदेश प्रमुख घर्तीले दुवै विधेयक पुनः विचार गर्नुपर्ने आवश्यकता देखिएको सन्देशसहित असोज २२ गते पुनः प्रदेश सभामै फिर्ता पठाइदिएका थिए । दुवै विधेयक पुनः छलफलका लागि पेस गर्न प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिमा लैजाने प्रदेश सभाको तयारी छ । 

प्रदेश प्रमुखको सन्देशसहित फिर्ता भएका दुवै विषय प्रदेश सभामा पेस गर्ने समय कार्यव्यवस्था परामर्श समितिकै बैठकबाट निर्णय हुने प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए । पुस १६ गते बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुनेछ । उक्त विधेयक आर्थिक मामिला मन्त्रालयले प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully