लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ 

पुस ७, २०८१

कमल पन्थी

Fugitive accused of drug case arrested

बर्दिया — लागूऔषध मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत, बर्दियाको गत भदौ २४ गतेको फैसलाले उक्त मुद्दामा नौ महिना १० दिन कैद र ५ हजार जरिवाना भई फरार प्रतिवादी मधुवन नगरपालिका–६ लालीबजारका ३७ वर्षीय हसन अन्सारीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषिराम घर्तीमगरले पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि अदालतमा पेस गरेको जनाएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully