विहे गर्न वडाको सिफारिस अनिवार्य

पुस ६, २०८१

नवीन पौडेल

Ward recommendation is mandatory for marriage

परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५  मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।

बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटा केटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् ।

वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घकालीन कार्यान्वयनका लागि यस्तो ब्यवस्था गरिएको हो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य सिफारिस लिएर मात्र विवाह उत्सब गर्न वडाले सबै लाई आग्रह गरेको छ ।

कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully