दाङ — तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ की ५० वर्षीया लिला भुसाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटरलाई बुधबार तुलसीपुर–७ हात्तिखौवामा ठक्कर दिँदा स्कुटरमा सवार भुसाल घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा बुधबार बेलुका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको थापाले बताए । स्कुटर चालक मृतकका छोरा २७ वर्षीय निमलाल भुसाल घाइते भएका छन् ।
