तिलोत्तमा — रुपन्देहीको सैनौनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–६ दुधराक्षकी ३५ वर्षीया लक्ष्मि भट्टराई रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।
शनिबार साँझ सैनामैना ६, दुधराक्षमा बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु ९१ प ११८४ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु ३० प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी स्कुटर चालक भट्टराईको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख पण्डितले बताए । त्यस्तै दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका-३ का २१ वर्षीय दिलिप थारु घाइते भएका छन् ।
