रुपन्देहीमा १८ वर्षपछि फरार प्रतिवादी पक्राउ

मंसिर २५, २०८१

सन्जु पौडेल

Absconding accused arrested after 18 years in Rupandehi

तिलोत्तमा — रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको साविक सिलौटिया गाविस वडा नं. ६ हाल मर्चवारी गाउँपालिका ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

२०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फौसला सुनाएको थियो । 

यादवलाई इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि मंगलबार नै जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवीन पौडेलले जानकारी दिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully