कृषि उद्यम गरौं, गाउँमै छोराछोरी पढाऔं : मुख्यमन्त्री आचार्य 

मंसिर २२, २०८१

वीरेन्द्र केसी

Let's do agricultural ventures, let's educate children in villages: Chief Minister Acharya

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अब गाउँफर्क अभियान चलाउनुपर्ने बताएका छन् । गाउँमा मोटरबाटो, विद्युत्, शिक्षा, स्वास्थ्य सडक पूर्वाधारले टोलैपिच्छे यातायात सेवा, सञ्चारसहित विकासका पूर्वाधार पुगेकाले सहर झरेका मान्छेलाई गाउँ फर्कन अनुरोध गर्न जरुरी रहेको बताएका हुन् ।

शनिबार अर्घाखाँचीको मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गाउँकै स्कुलमा भौतिक पूर्वाधारसहित स्नातक र स्नातकोत्तर गरेका शिक्षक भएकाले अब छोराछोरी पढाउन सहरमा डेरा गरी बस्न जान नपर्ने बताए । 

गाउँमै बस्ने, खाद्यान्न उत्पादन गर्ने, स्वच्छ र ताजा खानेकुरा खाएर छोराछोरीलाई घरनजिकैको स्कुलमा पठाउनुपर्ने उनले बताए । ‘सुविधाकै लागि अब सहर बस्नुपर्ने बाध्यता छैन, राज्यले सहरमा पाइने सबै सुविधा गाउँमा पुर्‍याएको छ,’ उनले भने, ‘टोलैपिच्छे मोटरबाटो, घरघरमा विद्युत्, सञ्चार, गाउँमा प्राथमिक स्वास्थ्य सेवा, घरैपिच्छे खानेपानीका धारा, कृषिमा आधुनिकीकरणसहित सबै सुविधा गाउँमै छ । अहिले त्यही सुविधाका लागि सहर पसेकाहरू गाउँ फर्कन जरुरी छ ।’

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully