रोहिणीमा १५ शय्याको अस्पतालको शिलान्यास

मंसिर २२, २०८१

सन्जु पौडेल

Foundation laying of 15 bed hospital in Rohini

तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण  सुरु भएको छ । रोहिणी–३ स्थित लक्ष्मीनगरमा निर्माण हुने अस्पतालको शनिबार शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले गाउँमा अस्पताल निर्माण भएपछि रोहिणीसँगै ओमसतिया गाउँपालिका र पश्चिम नवलपरासी जिल्लाका बिरामीको उपचार गर्न सहज हुने बताए ।

'सामान्य उपचारका लागि पनि गाउँपालिका बाहिर जानुपर्ने परिस्थितिको अन्त्य हुने भयो', उनले भने, '१ बिघा ११ कठ्ठा क्षेत्रफल जग्गा अस्पतालका लागि छुट्याइएको छ ।'

११ करोड २३ लाख ४२ हजार १ सय ६८ रुपैयाँमा अस्पताल भवन निर्माण गर्ने गरी आकृति एभरेष्ट गंगोत्री देवी जेभी, बुटवल–८ सँग सम्झौता भएको उनले बताए । सम्झौताअनुसार निर्माण कम्पनीले २०८३ कात्तिक २२ गतेसम्म अस्पताल भवन निर्माण गर्नुपर्ने उल्लेख छ ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully