फरार अभियुक्त पक्राउ

मंसिर १९, २०८१

कमल पन्थी

Absconding accused arrested

बर्दिया — कर्तव्य ज्यान मुद्दामा बीस वर्ष कैद सजाय सुनाइएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । 

 बर्दिया बढैयाताल गाउँपालिका–३ गोब्रेपुरका ४२ वर्षीय पन्नालाल खटिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी ऋषीराम घर्तीमगरले बताए । 'खटिकलाई ईलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी टोलीले पक्राउ गरेको हो,’ डीएसपी घर्तीमगरले भन् । 

खटिकलाई जिल्ला अदालत बर्दियाबाट २०६८ जेठ १० गतेको फैसलाले बीस वर्षको कैद सजाय सुनाएको थियो । पक्राउ परेका खटिकलाई अदालतमा पेस गरिएको छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully