ब्राउनसुगरसहित दाङमा एक युवा पक्राउ

मंसिर १८, २०८१

दुर्गालाल केसी

A youth arrested in Dang with brown sugar

दाङ — लागूऔषध ब्राउनसुगरसहित मंगलबार बेलुका घोराहीमा एक युवा पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–१३, बर्मा चोकमा शंकास्पद रुपमा हिँडिरहेका परिवर्तन गाउँपालिका–६, रोल्पाका ३० वर्षीय वीरेन्द्र बुढामगरलाई खानतलासी गर्दा ३ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पाँचवटा पुडिया बनाई धागोले बाँधेर लुकाइराखेको अवस्थामा उक्त ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए ।

बुढालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully