दाङमा कौडा खेलेको आरोपमा १७ जना पक्राउ

मंसिर १७, २०८१

दुर्गालाल केसी

17 people were arrested on charges of playing kauda in Dang

दाङ — कौडा खेलेको आरोपमा सोमबार घोराहीमा १७ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१५, अमृत टोलस्थित ठाकुर खनालले पैंसाको हारजित हुनेगरी कौडा खेलाइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी इश्वर थापाले बताए ।

राति सवा १२ बजे कौडा खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको र उनीहरुको साथबाट कौडासहित १ लाख ५२ हजार ५५ रुपयाँ नगद् पनि बरामद् भएको उनले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully