रूकुम पूर्व — लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदका लागि मतदान सुरू भएको छ । बिहान ७ बजेदेखि सुरू भएको मतदानमा मतदाताको उत्साहजनक उपस्थिति रहेको छ ।
कुल ११ हजार ३ सय ८० मतदाता रहेको यस पालिकाभित्र रहेका २२ मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरू मतदानका लागी लामबद्व भएको सहायक निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिए ।
अहिलेसम्म कति मत खस्यो भनेर प्रारम्भिक तथ्यांक नआईसकेको भएपनि मतदाताको उपस्थिति सन्तोषजनक र अवस्था शान्तिपूर्ण रहेको सुवेदीको भनाई छ । यस पालिकामा रिक्त रहेको पालिका उपाध्यक्ष र २ नं. वडा अध्यक्षमध्ये वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
