१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

स्थगित भएका ८५ मध्ये १४ को निर्वाचन मिति तोकियो

सबै केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने
मकर श्रेष्ठ

काठमाडौँ — राजनीतिक दलहरूबीच विवाद हुँदा स्थगित भएको ८५ मध्ये १४ मतदान केन्द्रको पुन: मतदान हुने मिति तय भए पनि अन्यको अझै अनिश्चित बनेको छ । 

स्थगित भएका ८५ मध्ये १४ को निर्वाचन मिति तोकियो

पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको स्थानमा मिति तय गरेर निर्वाचन आयोगलाई जानकारी गराउनु पर्ने हुन्छ । आयोगमा अबेरसम्म १४ मतदान केन्द्रको मात्रै प्रस्तावित मितिको बारेमा जानकारी गराएको छ । निर्वाचन आयोगका अनुसार स्थगित भएका सबै मतदान केन्द्रमा नयाँ मतदान अधिकृत खटाइने छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिहराको ‘क’ र ‘ख’ मतदान केन्द्र, कालिकोटको रास्कोट गाउँपालिका १ भगवती मावि, पचाल झरना, बझाङको जयपृथ्वी नगरपालिका नगरपालिका–७ सुनिपिपलचौर मावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन आइतबार हुदैछ ।

आयोगका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिकाको ठाकुरदेवी मावि ‘क’, ‘ख’, ‘ग’ मा सोमबार निर्वाचनको मिति तय गरिएको छ । रामेछापको खाँडादेवी नगरपालिकामा सोमबार निर्वाचन हुँदैछ । कांग्रेस र माओवादी केन्द्रको कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको थियो ।

कञ्चनपुरको पुनर्वास विजय माविमा ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको केदारस्यू गाउपालिका ४ जगनाथ माविको ‘क’ र ‘ख’ मतदान केन्द्र, बझाङको सुर्मा गाउँपालिका ७ कृष्ण प्रावि मतदान केन्द्र र सुर्मा ८ को आधाबगर माविको ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन सोमबारलाई तय भएको आयोगले जनाएको छ । आधारबगरमा एउटै व्यक्तिले दोस्रो पटक पनि मतदान गर्न खोज्दा विवाद भएपछि मतदान अवरुद्ध भएको थियो ।

रौतहटको फतुवाविजयपुर नगरपालिका–७ स्वास्थ्यचौकी ‘क’ र ‘ख’ मतदान केन्द्र, देवाही गोनाही नगरपालिका २ जनप्रिय प्रावि ‘क’ र ‘ख’ मतदान केन्द्रको निर्वाचन जेठ ३ मा गर्न प्रस्ताव आएको आयोगले जनाएको छ ।

जनप्रियमा निर्वाचन सामग्री, मतपत्र नपुग्ने भएकोले मिति यकिन भइसकेको छैन । यस्तै काभ्रेको पाँचखाल नगरपालिका १३ श्रीराम मावि कोशीदेखाको ‘क’ र ‘ख’ मतदान केन्द्रमा मंगलबार निर्वाचन हुने भएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?