कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश र संघको चुनावमा पनि गठबन्धन हुन्छ : दाहाल

मोहन बुडाऐर

धनगढी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई एक दशकसम्म लैजाने प्रतिबद्धतासहित स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएको बताएका छन् । 

प्रदेश र संघको चुनावमा पनि गठबन्धन हुन्छ : दाहाल

सोमबार कैलालीको धनगढीमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले संघ र प्रदेशको चुनावमा पनि गठबन्धन कायम रहने बताएका हुन् ।

‘गठबन्धन १० वर्षसम्म लैजाने कुरामा प्रधानमन्त्री शेरबहादुरजी सहमत हुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै मुलुक मुलुक समाजवादको बाटोमा अघि बढेको नयाँ युग सुरु हुन्छ ।’

उनले गठबन्धनलाई जिताउनु भनेको देशलाई राजनीतिक दुर्घटनाबाट बचाउनु नै भएको बताए । ‘यसो भन्दै गर्दा मलाई छोरीलाई नजिताए देश दुर्घटनामा जान्छ भन्यो भनेर फतुर लगाएका छन्,’ उनले भने, ‘नेपाली जनताले बुझेका छन्, गठबन्धनलाई जिताएपछि मात्रै देश राजनीतिक दुर्घटनाबाट मात्रै बच्ने छैन, देशमा राजनीतिक स्थायित्व र विकासतर्फ अघि बढ्ने छ ।’

उनले मुलुकलाई निरंकुशसता तानाशाही अराजकताको भूमरीतर्फ जान नदिनका लागि गठबन्धनको जन्म भएको बताए ।

‘प्रतिगमनको उद्देश्य राखेर असंवैधानिक, अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा भंग गर्ने दुस्साहस गरिएको थियो,’ उनले भने,‘ यो गठबन्धनको सदन र सडक राजनीतिक र न्यायिक लडाइँबाट मुलुकलाई प्रतिगमनतिर जानबाट जोगायौं ।अहिले त्यही तत्व, त्यही विचार समूह यो परिर्वतनविरुद्ध, गठबन्धनविरुद्ध, संविधान र लोकतन्त्रविरुद्ध आइरहेको छ । त्यसैले यो निर्वाचन फगत पार्टी र खास उम्मेदवार रोज्ने मात्रै नभएर प्रतिगमनलाई परास्त गर्नका लागि पनि जित्न नै पर्ने भएको छ ।’

प्रकाशित : वैशाख २६, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?