१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गठबन्धन हराउने बागी उम्मेदवारलाई कारबाही हुन्छ : देउवा

'कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनका आधरिकारिक उम्मेदवारलाई सघाउनुहोस्'
मोहन बुडाऐर

धनगढी — कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीमा संसद् चल्न नदिने प्रवृत्ति देखिएकाले गठबन्धनको आवश्यकता भएको बताएका छन् । संसद् पुन:स्थापनापछि पनि संसद् चल्न नदिने प्रवृत्ति देखिएकैले चुनावी गठबन्धन र संयुक्त सरकार बनेको देउवाको भनाइ छ । 

गठबन्धन हराउने बागी उम्मेदवारलाई कारबाही हुन्छ : देउवा

‘दुई तिहाईको सरकारमा रहेको एमालेका ओलीले बिनाकारण संसद् विघटन गरे’ देउवाले भने, ‘संसद पुन:स्थापनापछि संसद् चल्न नदिने काम गरे ।’ धनगढीमा आयोजित पाँचदलीय गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले संघ र प्रदेश सरकारमा रहेको यो गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि जिताउनु पर्ने बताए ।

‘गठबन्धनभित्रबाट बागी बनेका उम्मेदवारले अझै पनि उम्मेदवारी फिर्ता लिनुहोस् र आधिकारिक उम्मेदवारलाई सघाउनुहोस्,’ उनले भने, ‘गठबन्धनलाई हराउने बागी उम्मेदवारलाई कुनै हालतमा माफी दिइने छैन । कारबाही गरिने छ ।’

उनले कैलालीको कैलारी गाउँपालिकामा संघबाट आदेश दिन ढिलाइ भएका कारण रुख चिह्न पाएका उम्मेदवारले गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउन आग्रह गरे । कैलारी गाउँपालिकामा गठबन्धनको सहमति माओवादीलाई अध्यक्ष र उपाध्यक्षमा कांग्रेसलाई उम्मेदवार बनाउने थियो । तर सहमतिपछि बन्दा अगाडि नै कांग्रेसबाट टिकट पाइसकेका रामसमज चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन । गठबन्धनले उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन । उनी चुनावी प्रचारमै छन् ।

कांग्रेसको उम्मेदवारीपछि उपाध्यक्षमा माओवादीकी लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी थिइन् । उनले पनि उम्मेदवारी फिर्ता लिएकी छैनन् ।

प्रकाशित : वैशाख २६, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?