गठबन्धन हराउने बागी उम्मेदवारलाई कारबाही हुन्छ : देउवा

'कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनका आधरिकारिक उम्मेदवारलाई सघाउनुहोस्'

वैशाख २६, २०७९

मोहन बुडाऐर

धनगढी — कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीमा संसद् चल्न नदिने प्रवृत्ति देखिएकाले गठबन्धनको आवश्यकता भएको बताएका छन् । संसद् पुन:स्थापनापछि पनि संसद् चल्न नदिने प्रवृत्ति देखिएकैले चुनावी गठबन्धन र संयुक्त सरकार बनेको देउवाको भनाइ छ । 

‘दुई तिहाईको सरकारमा रहेको एमालेका ओलीले बिनाकारण संसद् विघटन गरे’ देउवाले भने, ‘संसद पुन:स्थापनापछि संसद् चल्न नदिने काम गरे ।’ धनगढीमा आयोजित पाँचदलीय गठबन्धनको संयुक्त चुनावी  सभालाई सम्बोधन गर्दै देउवाले संघ  र प्रदेश सरकारमा रहेको यो गठबन्धनलाई  स्थानीय तहको निर्वाचनमा पनि जिताउनु  पर्ने  बताए । 

‘गठबन्धनभित्रबाट बागी बनेका उम्मेदवारले अझै पनि उम्मेदवारी फिर्ता लिनुहोस् र आधिकारिक उम्मेदवारलाई सघाउनुहोस्,’ उनले भने, ‘गठबन्धनलाई हराउने बागी उम्मेदवारलाई कुनै हालतमा माफी दिइने छैन । कारबाही गरिने  छ ।’ 

उनले कैलालीको कैलारी गाउँपालिकामा संघबाट आदेश दिन ढिलाइ भएका कारण रुख चिह्न पाएका  उम्मेदवारले गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउन आग्रह गरे । कैलारी गाउँपालिकामा गठबन्धनको सहमति  माओवादीलाई अध्यक्ष र  उपाध्यक्षमा कांग्रेसलाई  उम्मेदवार बनाउने थियो । तर  सहमतिपछि बन्दा अगाडि नै कांग्रेसबाट  टिकट पाइसकेका रामसमज  चौधरीले  अध्यक्ष पदमा उम्मेदवारी दिए । पार्टीले प्राविधिक कारणले उनको उम्मेदवारी रद्द गराउन सकेको थिएन ।  गठबन्धनले  उनलाई आधिकारिक उम्मेदवार भने मानेको छैन ।  उनी चुनावी प्रचारमै छन् । 

कांग्रेसको  उम्मेदवारीपछि उपाध्यक्षमा  माओवादीकी  लक्ष्मी सत्वगौवा चौधरीले पनि उम्मेदवारी दिएकी थिइन् । उनले पनि उम्मेदवारी फिर्ता लिएकी छैनन् ।  

मोहन

Link copied successfully