कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण

चुनावी अभियानका लागि भाडामा गाडी प्रयोग गर्न नदिएपछि चालकलाई कुटपिट । कुटपिट गर्ने समूहका नाइके पूर्वगाविस उपाध्यक्ष रमेश तामाङ ।
टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको रामपुरमा नेकपा एमालेका कार्यकर्ताहरूले एक सवारी चालकमाथि सांघातिक हमला गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका रमेश तामाङको समूहले शुक्रबार सांघातिक आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसकी नेतृ कुमारी हायुले बताइन् ।

एमाले कार्यकर्ताहरूद्वारा सवारी चालकमाथि आक्रमण

घाइते तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न भागमा कुटपिटका निलडाम हुनुका साथै अनुहारमा चोट लागेको छ । तामाङ आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका छन् ।

प्रहरीले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको र आक्रमणमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जनाएका छन् ।

दानबहादुर तामाङको गाडी केही दिनदेखि नै नेपाली कांग्रेसले चुनावी अभियानका लागि भाडामा प्रयोग गर्दै आएको छ । कांग्रेसले प्रयोग गर्दै आएको गाडी मागेको तर आफ्नो गाडी अर्कैले भाडामा लिएकोले दिन नमिल्ने जनाएपछि एमाले कार्यकर्ताहरुले आफूमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको तामाङले बताएका छन् ।


प्रकाशित : वैशाख २४, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?