२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वीरगन्जमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलमले दिए उम्मेदवारी

काठमाडौँ — वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् ।

वीरगन्जमा गठबन्धनका तर्फबाट मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलमले दिए उम्मेदवारी

नेकपा (एमाले) को तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।


प्रकाशित : वैशाख १२, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?