कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरतपुरकाे मेयरमा कांग्रेसका जगन्नाथ पाैडेलकाे स्वतन्त्र उम्मेदवारी   

रमेशकुमार पौडेल

चितवन — सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेकाे भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पाैडेलले स्वतन्त्र उम्मेद्वारी दायर गराएका छन् । सोमबार दिउँसाे काँग्रेसकाे झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

भरतपुरकाे मेयरमा कांग्रेसका जगन्नाथ पाैडेलकाे स्वतन्त्र उम्मेदवारी   

भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केकाे छ । कांग्रेस जाेगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएकाे पाैडेलले बताए ।

पाैडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयाेवृद्ध नेता कृष्णलाल सापकाेटाले पाैडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए । पाैडेल २०४९ सालकाे चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए । पाैडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् ।

प्रकाशित : वैशाख १२, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?