२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

ललितपुर महानगरको उपप्रमुखमा माओवादीले बज्राचार्यलाई उम्मेदवार बनाउने

ललितपुर — ललितपुर महानगरपालिकाको उपमेयर पाएको गठबन्धनको दल माओवादी केन्द्रले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाउने भएको छ । माओवादी पार्टीको ललितपुर महानगरपालिका कमिटी बैठकले बज्राचार्यलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।  

ललितपुर महानगरको उपप्रमुखमा माओवादीले बज्राचार्यलाई उम्मेदवार बनाउने

माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेलले महानगर कमिटीको निर्णयअनुसार बज्राचार्यलाई महानगरपालिका उपमेयरको उम्मेदवार बनाउने बताए । 'महानगरपालिका कमिटीको सर्वसम्मत निर्णय भएअनुसार बाबुराजा बज्राचार्यलाई ललितपुर महानगरपालिकाको उपमेयर बनाउन सिफारिस भएको छ,' उनले भने ।

ललितपुर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ ।

गठबन्धन दलमा महानगरपालिका भागबन्डा गर्ने क्रममा ललिपुरको मेयर कांग्रेस र उपमेयर माओवादीले लिने सहमति भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । त्यसको चटारो दलहरुले उम्मेदवार धमाधम छनोट गरिरहेका छन् ।

प्रकाशित : वैशाख १०, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?