१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कांग्रेस जनकपुर नगर सभापति साहले दिए राजीनामा 

मेयरमा स्वतन्त्र उम्मेदवारी दिने    
श्यामसुन्दर शशि

जनकपुर — नेपाली कांग्रेस जनकपुर नगर समितिका सभापति मनोज साहले पार्टीबाट राजीनामा दिएका छन् । विद्यापति चोकमा रहेको घरमा शुक्रबार पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले वैशाख ३० गते हुने निर्वाचनमा जनकपुरधाम उपमहानगर पालिकाको मेयर पदमा स्वतन्त्रतर्फ उम्मेदवारी दिने पनि बताए । 

कांग्रेस जनकपुर नगर सभापति साहले दिए राजीनामा 

‘सत्ता गठबन्धन दलको निर्णयप्रति हाम्रो असहमति छ । उपमहानगरपालिकाका २५ वटै वडासमितिका पदाधिकारी, कांग्रेस नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुको सल्लाहअनुसार पार्टीबाट राजीनामा गरेको छु । असली कांग्रेस हामी हौं । कांग्रेसीहरु मलाई नै मतदान गर्छन् भने विश्वास छ,’ उनले भने ।

मनोज साहसँगै जनकपुरधाम उपमहानगर पालिका १५ रामपुरका वडासभापति नन्दलाल साहसहित सिंगै कार्यसमिति, वडाका क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा शुभेक्षुक संघ संस्थासँग आबद्धहरुले पदबाट लिखित राजीनामा दिएका छन् । २५ वटै वडाका कांग्रेस नेता कार्यकर्ताहरुले राजीनामा दिने मनस्थितिमा छन् ।

बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पद जनता समाजवादीको भागमा परेको थियो ।

प्रकाशित : वैशाख ९, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?