भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
काठमाडौँ — गायक ओजभिन जिन गुरुङको स्वर रहेको देशभक्ति गीत ‘मेरो नेपाल’ सार्वजनिक गरिएको छ। गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।
गीतको भिडियोलाई एआईको प्रयोगमार्फत आकर्षक बनाउने प्रयास गरिएको छ । बाल गायक ओजभिनले यसअघि २०२६ मा मास्टर नेपाल जुनियरको अवार्ड जितेका थिए ।
गीतमा शब्द तथा संगीत सुरेश राईको रहेको छ। गीतको अवधारणा गोविन्द गुरुङले तयार गरेका हुन्। म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा निर्माण निरञ्जन पाण्डेयले गरेका छन् ।
भिडियोमा नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा राष्ट्रिय पहिचानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।
गीत तथा भिडियो निर्माणमा गायिका आनी छोइङ डोल्मा, आरोही पासाङ दावा शेर्पालगायतले सहयोग गरेका छन्।
अमेरिकास्थित प्रोडक्सन हाउस ‘मुभिज इन्फिनिटी क्रिएसन’को ब्यानरमा निर्माण गरिएको उक्त भिडियोलाई युट्युबमा सार्वजनिक भएको केही घण्टामै धेरै दर्शकहरुले रुचाएका छन् ।
