‘राधिका नेम्वाङ देवान स्मृति’ पुरस्कार नाट्यकर्मी नेपाललाई

राधिका नेम्वाङ देवान स्मृति प्रतिष्ठानले उक्त पुरस्कार इलाम साहित्य महोत्सवको अवसरमा नेपाललाई वितरण गर्ने निर्णय गरेको हो ।

वैशाख ३, २०८३

लक्ष्मी गौतम

'Radhika Nembang Dewan Memorial Award' goes to Nepali theatre artist

पाँचथर — नाट्य क्षेक्रमा सत्रिय स्रष्टा कविता नेपाल ‘राधिका नेम्वाङ देवान स्मृति’ पुरस्कारबाट सम्मानित हुने भएकी छन्।

राधिका नेम्वाङ देवान स्मृति प्रतिष्ठानले उक्त पुरस्कार इलाम साहित्य महोत्सवको अवसरमा नेपाललाई वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै साहित्य, कला, संगीत, नाट्य तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई हरेक वर्ष नगद २५ हजार रुपैयाँसहित सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष नाट्य क्षेत्रबाट नेपाललाई छनोट गरिएको जनाएको छ ।

इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानको सिफारिसका आधारमा झापाको काँकडभिट्टा निवासी नेपाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र देवानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाल लामो समयदेखि ‘परिवर्तन थ्रिएटर ’मार्फत नाट्य क्षेत्रमा सत्रिय छन् । उक्त पुरस्कार वैसाख १८ मा इलाम साहित्य महोत्सवको उद्घाटन समारोहका अवसरमा प्रदान गरिने जनाइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully