‘इनरुवाको नालीबेली’ प्रकाशित

देवीप्रसाद खतिवडाले लेखेको उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ ।

चैत्र १९, २०८२

अर्जुन सुवेदी

'Inaruwa's Canal' published

सुनसरी — सुनसरीको सदरमुकामसमेत रहेको इनरुवाको इतिहास समेटिएको ‘इनरुवाको नालीबेली’ नामक पुस्तक विमोचन गरिएको छ । इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले बिहीबार एक कार्यक्रमबीच उक्त पुस्तक विमोचन गरेका हुन् । देवीप्रसाद  खतिवडाले लेखेको उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्यलगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको छ ।

 इनरुवाका ८२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धानपछि पुस्तक तयार पारेका हुन् । पुस्तक लेखन तथा सामग्री संकलनको कार्यमा जेन-जी युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पुर्‍याएको खतिवडाले बताए । इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न सामाजिक गतिविधिलाई एकै स्थानमा समेट्ने प्रयास स्वरूप पुस्तक प्रकाशन गरिएको लेखकले बताएका छन् ।

स्थानीय इतिहासलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले पुस्तक तयार गरिएको पनि कार्यक्रममा उल्लेख गरिएको थियो । उक्त पुस्तकको प्रकाशनमा इनरुवा नगरपालिकाले सहयोग गरेको छ ।

अर्जुन

Link copied successfully