उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुनसक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको छ ।
काठमाडौँ — साहित्यकार जितेन्द्र रसिकको १८औं कृति बाल उपन्यास 'साइबोर्ग' सार्वजनिक भएको छ । बुधबार आयोजित कार्यक्रमबीच उपन्यास लोकार्पण भएको हो ।
उपन्यासको लाेकार्पण इटर्नल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेसन पब्लिसिङ बुक हाउसका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउटलगायतले संयुक्त रूपमा गरेका हुन् । साइबोर्ग उपन्यास साहित्यकार रसिकको विज्ञान उपन्यास हो ।
उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुनसक्छ भन्ने सुन्दर परिकल्पनाहरू समावेश रहेको प्रकाशक यमुना पराजुलीले बताए । प्रविधिहरू, खासगरी आर्टिफिसिलय इन्टेलिजेन्सको चरम विकास हुँदै जाँदा भाविष्यमा त्यसले मानव समुदायमाथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई उपन्यासने रोचक ढंगले उठाएको छ । बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउन पुस्तक प्रभावकारी बन्ने उपन्यासकार जितेन्द्र रसिकले बताए । उपन्यासको मूल्य २५० रुपैयाँ रहेको छ ।
