इटहरीमा दुई दिने बाल कला महोत्सव गरिँदै

पाथीभरा माध्यमिक विद्यालको आयोजनामा आगामी फागुन १ र २ गते ऊक्त महोत्सव सञ्चालन हुन लागेको हो।

माघ २७, २०८२

अर्जुन सुवेदी

Two-day children's art festival being held in Itahari

What you should know

सुनसरी — बालबालिकामा सिर्जनात्मक पठन संस्कृतिको विकास, कला–साहित्यप्रतिको अभिरुचि अभिवृद्धि तथा मौलिक सोच र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले इटहरीमा दुई दिने ‘बाल कला महोत्सव’ आयोजना हुने भएको छ ।

पाथीभरा माध्यमिक विद्यालको आयोजनामा आगामी फागुन १ र २ गते ऊक्त महोत्सव सञ्चालन हुन लागेको हो। डिजिटल स्क्रिन, मोबाइल र परीक्षा केन्द्रित पढाइले बालबालिकाको सिर्जनशीलता खुम्चिँदै गएकाले बाल मन, कल्पना र अभिव्यक्तिलाई केन्द्रमा राखेर दुई दिने बाल कला साहित्य महोत्सव गर्न लागिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल रिजालले जानकारी दिए । यो महोत्सवलाई बाल साहित्य, कला र पठन संस्कृतिको साझा उत्सवका रूपमा लिइएको उनले बताए। 

इटहरी उपमहानगरपालिकाको अभिभावकत्व तथा बुकल्याण्ड, काठमाडौंको सहआयोजनामा हुन लागेको महोत्सवमा काव्य–डबली, प्याब्सन कोशी प्रदेश, प्याब्सन इटहरी, हिसान सुनसरी, संगीत साधना प्रतिष्ठान इटहरी, कारखाना, वेदा, प्ले नेपाल र काठमाडौं प्रकाशनको सहकार्य रहेको छ । 

महोत्सवले सिर्जनात्मक पठन संस्कृतिको विकास, भाषा सीप अभिवृद्धि, आलोचनात्मक र समय सापेक्ष सोच विकास तथा मौलिक अभिव्यक्तिको अभ्यासलाई प्राथमिकतामा राखेको अध्यक्ष रिजालले बताए । 

दुई दिने महोत्सवमा ३ वटा प्यानल डिस्कसन (छलफल) र २४ वटा कार्यशाला सञ्चालन गरिनेछन् । प्यानल डिस्कसनमा बालसाहित्य, पठन संस्कृति, सिर्जनात्मक शिक्षा र अभिभावक–विद्यालयको भूमिकाबारे बहस हुनेछ ।

कार्यशालामा कथा र कविता लेखन, नाटक लेखन तथा मञ्चन, चित्रकला, फेस पेन्ट, संगीत, पुस्तकमा आधारित सिर्जनात्मक गतिविधि, बालसाहित्य सम्बन्धी अन्तरक्रिया तथा समूहगत छलफल सञ्चालन हुनेछन् । कला प्रदर्शनी, पुस्तक प्रदर्शनी र पुस्तक केन्द्रित क्रियाकलापले महोत्सवलाई अझ रंगीन बनाउने बिद्यालयका प्रधानध्यापक डा. गोपाल श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार महोत्सवको अर्को विशेषता राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सर्जक र कलाकारसँग बालबालिकाको प्रत्यक्ष भेटघाट हो । नेपाली हास्यव्यंग्य, कला र साहित्य क्षेत्रका चर्चित नाम महजोडी, प्रख्यात बालसाहित्यकार, नाटककार, चित्रकार र संगीतकर्मीको सहभागिता रहने छ । 

यससागै स्थानीय लेखक, कवि र कलाकारकोसहभागिताले स्थानीय सिर्जनशीलतालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक बिक्रम घिमिरेले बताए । घिमिरेका अनुसार महोत्सवमा करिब ७ हजारभन्दा बढी बालबालिकाको सहभागिता रहने अनुमान गरिएको छ । ‘हेटौंडादेखि विर्तामोडसम्मका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थी सहभागी हुनेछन् । यसले बालबालिकालाई फरक परिवेश, फरक विचार र फरक सिर्जनात्मक अभ्याससाग जोड्नेछ,’ उनले भने ।

यो महोत्सवलाई बाल मन, कला र साहित्यलाई केन्द्रमा राखेर शिक्षा र संस्कृतिको नयाा बहस सुरु गर्ने प्रयासका रूपमा हेरिएको आयोजकको दाबी छ ।

अर्जुन सुवेदी

Link copied successfully