महोत्सथस्थलमा राखिएका मधेशको रहनसहन र संस्कृति झल्किने स्टलहरुले दर्शकको ध्यान खिचिरहेको छ ।
पर्सा — वीरगन्जमा जारी दोस्रो मधेश साहित्य महोत्सवको अन्तिम दिन शनिबार बिहानैदेखि माहोल साहित्यिक बनेको छ।
पहिलो सत्र सुरु हुनुअघि आयोजित काव्यशालामा नव प्रतिभादेखि स्थापित साहित्यकारहरु समेतले आआफ्नो कविता वाचन गरेका थिए ।
प्रकाश थारुको प्रमुख आतिथ्यमा युवा साहित्यकार श्यामसर्राफले सन्चालन गरेको समारोहमा रामप्रसाद साह, सुरेन्द्र गिरी, अस्मितापटेल, आमोद गुप्ता, उपेन्द्र सहनी, अनिशकान्त कुशवाहा, सूर्य शुभचिन्तकलगायतले कविता वाचन गरे । ‘गाँव बन्दै सहर, सहर बन्दै गाँव’ विषयक पहिलो सत्रमा विश्लेषक सीके लालले मेसोपोटामियादेखि वीरगन्ज बस्तीको विकाससम्मको इतिहासबारे चर्चा गरेका थिए।
एक घण्टा लामो उनको एकल प्रस्तुतिमाउनले सिम्रौनगढ, वीरगन्जको गहवामाई मन्दिरदेखि र घडिअर्वा पोखरीसम्मको इतिहास खोतलेका थिए ।
महोत्सवमा मधेशको संस्कार, संस्कृति तथा परम्परा झल्किने स्टल तथा झाँकीहरु पनि राखिएका छन् ।
भारतीय भोजपुरी लोक गायिका कल्पना पटवारीको सांगितिक प्रस्तुतिपछि महोत्सव समापन हुने छ ।
महोत्सवले साहित्य,कला,संस्कृतिसँगै मधेशको रैथाने संस्कृति र परम्पराको प्रतिनिधित्व गरिरहेको छ । महोत्सथस्थलमा राखिएका मधेशको रहनसहन र संस्कृति झल्किने स्टलहरुले दर्शकको ध्यान खिचिरहेको छ । महोत्सवमा कुम्हालेको चक्रदेखि मिथिला आर्टसम्मको स्टल राखिएको छ । महोत्सव शनिबार सम्पन्न हुँदै छ ।
