डा. सापकोटाको उपन्यास ‘बाहेक’ लोकार्पण

कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाले पुस्तक लोकार्पण गरेका हुन् ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

Dr. Sapkota's novel 'Besides' launched

काठमाडौँ — उपन्यासकार डा. धर्म सापकोटा (राजु)को उपन्यास ‘बाहेक’ एक समारोहकाबीच काठमाडौंमा लोकार्पण भएको छ ।

कवि श्यामल, समीक्षकद्वय राजकुमार बानियाँ, सुमन वर्षा र लेखक सापकोटाले पुस्तक लोकार्पण गरेका हुन् । 

‘शरीर मिले पनि मन मिलेको हुँदैन, मन मिले पनि शरीर मिलेको हुँदैन’ भन्ने यौन मनोविज्ञानमा आधारित उपन्यासमाथि समीक्षक राजकुमार बानियाँले विषय, प्रस्तुति र सन्देशको सुन्दर संयोजनले उपन्यास पठनीय बनाएको बताए । 

एउटा नारीले सबै भौतिक सुख प्राप्तिपछि यौनिक चाहनालाई कसरी सन्तुलन मिलाउन सक्दछिन् भन्ने विषय रोचक तथा रहस्य भई उपन्यास रहेको समीक्षक सुमन वर्षाले बताइन् । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो । 

कान्तिपुर

Link copied successfully