परदेशीको पीडा बोल्ने ‘जेठो छोरो’ उपन्यास सार्वजनिक

लेखक भन्छन् : नेपाली युवाले परदेशमा गर्नुपर्ने संर्घष, जेठो सन्तानको जिम्मेवारी र उसले भोग्नुपर्ने नियतिलाई मैले पुस्तकमा उतार्ने कोसिस गरेको छु

मंसिर २६, २०८२

नवीन पौडेल

Novel 'Jetho Chhoro', which speaks of the pain of foreigners, is published

नवलपुर — सुरज गैरे ‘विवश’ले आफ्नो पहिलो उपन्यास ‘जेठो छोरो ’ सार्वजनिक गरेका छन् । निम्नवर्गीय परिवारमा जेठो छोरोको भूमिका, समाज र परिवारका लागि जेठो सन्तानको भूमिकाको आरोह अवरोह, प्रेम, द्वन्द्व र विदेशमा गरेको संर्घषलाई यथार्थ र रोचक तबरले उपन्यासमा प्रस्तुत गरिएको छ ।

स्याङ्जामा जन्मिएका हाल नवलपुर, कावासोतीमा बस्दै आएका गैरेले यसअघि ४० वटा नेपाली आधुनिक तथा लोकगीत बजारमा ल्याइसकेका छन् । उपन्यास लेखनमा भने उनको यो पहिलो कृति हो ।

‘नेपाली युवाले परदेशमा गर्नुपर्ने संर्घष, जेठो सन्तानको जिम्मेवारी र उसले भोग्नुपर्ने नियतिलाई  मैले पुस्तकमा उतार्ने कोसिस गरेको छु,’ उनले भने,‘ ‘जेठो छोरो’ केवल मेरो कथा होइन, हरेक परिवारको मौन सत्य हो।’

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully