साहित्यले समाजमा पथप्रदर्शकको काम गर्नुपर्दछ : ओली

'विश्वका विभिन्न क्रान्तिका प्रेरक साहित्यकार, रचनाकार, गीतकार र गजलकार छन् ।'

मंसिर २६, २०८२

कान्तिपुर संवाददाता

Literature should act as a guide in society: Oli

काठमाडौँ — एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्य समाजको पथप्रर्दशक बन्नुपर्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा युगदूत नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष ओलीले साहित्य खाली आत्मसन्तुष्टिका लागि मात्रै हुन नहुने बताएका हुन् । 

साहित्य समाज, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिको अभिव्यक्ति, अनुभवको संगालो, भावनाको गहिराइ, चिन्तनको उडाइ मिसिएको हुनुपर्ने उनको भनाइ थियो । 

यस्तो छ ओलीको भनाइ

साहित्यलाई गन्तव्यहीन साहित्य होइन, खाली आत्मासन्तुष्टिका लागि साहित्य होइन, साहित्य समाजका लागि, मानव जीवनका लागि उद्देश्यमूलक अनुभूतिहरूको अभिव्यक्ति, अनुभवहरूको संगालो, भावनाहरूको गहिराइ, चिन्तनको उडाइ यी सबै कुराहरू मिसिएको हुनुपर्दछ ।

यस्तो साहित्य जसले समाजको ऐनको मात्रै काम गर्दैन । त्यो भन्दा अझ अगाडि बढेर समाजको पथप्रर्दशकको काम गर्दछ । चिन्तनले, विचारले समाजलाई बाटो देखाउने हो । विश्वका विभिन्न क्रान्तिका प्रेरक साहित्यकार, रचनाकार, गीतकार र गजलकार छन् ।

कान्तिपुर

Link copied successfully