इन्द्र चौधरीले ल्याए बालकथा संग्रह ‘मेरो पुच्छर खै ?’

किताबमा पाँचवटा बालकथा समावेश छन् । सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्ने लेखकको भनाइ छ ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Indra Chaudhary brings out a children's story collection 'What's My Tail?'

काठमाडौँ — बालसाहित्यकार इन्द्र चौधरीको बालकथा संग्रह 'मेरो पुच्छर खै ?' बजारमा आएको छ ।

रोल्पाको लिबाङमा भएको ३०औं राष्ट्रिय बालसाहित्य सम्मेलनको अवसरमा गत बिहीबार उक्त पुस्तक अन्य बालपुस्तकसँगै संयुक्त रुपमा विमोचनसमेत गरिएको थियो । 

पुस्तकमा पाँचवटा कथा समावेश रहेको लेखक चौधरीले बताए । उनले भने, 'यसमा संग्रहित पाँचवटा कथाहरू फरक फरक थिममा लेखिएका छन् । सबै कथामा चित्रसमेत रहेकोले बालबालिकाले सजिलै बुझ्न सक्नेछन् ।' 

सरल भाषामा लेखिएका ती कथाहरूले बालाबलिकामा कौतुहुलतासँगै ज्ञान निर्माणमा भूमिका खेल्ने लेखक भनाइ छ । उनले भने, 'पुस्तक निकै सरल भाषामा लेखिएको छ । जसले बालबालिकालाई कथा पढ्दा आनन्द आउने विश्वास लिएको छु ।' 

उक्त पुस्तक ज्ञानवृक्ष पब्लिकेसनले बजारमा ल्याएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully