गीताको नवीन व्याख्या गर्ने ‘सत्य गीता’ बजारमा

मनको समत्वको विस्तार गर्दै परमात्मासँग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विधिको व्याख्या किताबले गर्ने लेखक बताउँछन् ।’

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

'Satya Geeta', a new interpretation of the Gita, is available in the market.

What you should know

काठमाडौँ — आध्यात्मिक चिन्तक डा. मुरली अधिकारीद्वारा लिखित ‘सत्य गीता’ बजारमा आएको छ । किताबमा ‘गीता’ ले भनेका मोक्ष साधनाहरूको सत्यमाथि नयाँ ढंगले व्याख्या गरिएको छ । 

‘गीता’ मा श्रीकृष्णले प्राणीलाई समानता शिक्षा दिएका छन् । जस्तो श्रीकृष्ण भन्छन्, ‘हाम्रो सांसारिक सम्बन्ध जस्तो भए पनि व्यवहारमा समानता–भाव हुनुपर्छ ।’ लेखकले ‘सत्य गीता’ लाई ‘मोक्ष साधना ग्रन्थ’ भनेका छन् ।

‘यो साधना ग्रन्थले मानिसको मनमा जन्म–जन्मान्तरदेखि संग्रह भएका त्रिगुणी संस्कारहरू र ‘म’ भावरुप मूल अज्ञान नष्ट गरेर समानान्तर रुपमा मनको समत्वको विस्तार गर्दै परमात्मासाग योग वा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने साधना विधिको व्याख्या गर्छ,’ लेखक मुरली भन्छन् । झन्डै अठार वर्षको अध्ययनबाट यो किताब लेखिएको उनको भनाइ छ । लेखकका यसअघि ‘धर्मचक्र प्रवर्तन सुत्त’, ‘विपश्यना साधना’ जस्ता कृति प्रकाशित छन् ।

सयौं वर्षपहिले लेखिएको मानिने गीताको भव्य ज्ञान अझै सान्दर्भिक ठानेर प्रकाशनमा ल्याएको शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले बताए । १८ अध्यायमा बाँडिएको ‘गीता’ माथि आधारित किताब ‘सत्य गीता’ ले गीताको नवीन व्याख्या गरेको छ । 

कान्तिपुर

Link copied successfully