केशवप्रसाद आचार्यका कथाहरू सार्वजनिक

नेपाली साहित्यको इतिहासमा ओझेल परेका कथाहरू सार्वजनिक

मंसिर १२, २०८२

कान्तिपुर संवाददाता

Keshav Prasad Acharya's stories made public

काठमाडौँ — नेपाली आधुनिक कथा साहित्यको इतिहासमा उल्लेख नभएका तर वि.सं. २०१०को दशकमै रूपरेखा, गोरखापत्र, दीपक जस्ता महत्त्वपूर्ण पत्रिकाहरूमा कथा प्रकाशित गराइसकेका केशवप्रसाद आचार्य (१९८८-२०५६)का कथाहरूका संग्रह प्रकाशित भएको छ ।

कथाकार अमोद भट्टराईद्वारा सम्पादित उक्त सङ्ग्रहमा स्वर्गीय आचार्यका ८ वटा कथाहरू छन्। सङ्ग्रहमा विस्तृत सम्पादकीय-आलेख पनि प्रकाशित छ।

प्रकाशन संस्था शूत्रद्वारा ललितपुरमा आयोजित एक समारोहमा कथाकार स्वर्गीय केशवप्रसाद आचार्यकी ८७  वर्षीया पत्नी श्रीधरा आचार्य, समालोचक गीता त्रिपाठी र संविधानविद् भीमार्जुन आचार्यले संयुक्त रूपमा सङ्ग्रह केशवप्रसाद आचार्यका कथा सार्वजनिक गरेका हुन् ।

केशवप्रसाद आचार्य नेपाली साहित्य र राजनैतिक क्षेत्रमा सानै उमेरदेखि नै संलग्न थिए।  उनी जीवनभर साहित्य, पत्रकारिता र राजनीतिमा अनवरत लागिरहे।

कान्तिपुर

Link copied successfully