कुमार नगरकोटी सम्मानित 

नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने साहित्यिक व्यक्तित्वहरूको कदर गर्न महानन्द सापकोटा साहित्य पुरस्कार गुठीको स्थापना टेक्सस–ड्यालसमा भएको हो । 

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Kumar Nagarkoti honored

काठमाडौँ — महानन्द साहित्य सम्मान-२०२५ साहित्यकार कुमार नगरकोटीलाई प्रदान गरिएको छ । नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने साहित्यिक व्यक्तित्वहरूको कदर गर्न महानन्द सापकोटा साहित्य पुरस्कार गुठीको स्थापना टेक्सस–ड्यालसमा भएको हो । 

गुठीद्वारा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत उक्त पुरस्कार बर्सेनि काठमाडौंमा प्रदान गरिन्छ । गुठीका अध्यक्ष सीता सापकोटाका अनुसार उक्त सम्मानको निर्णय सन् २०१३ मा गरिएको हो । 

भाषासेवी महानन्द सापकोटाको १२८औं जयन्तीको अवसर पारेर स्टुडियो थियटरमा आयोजना गरिएको कार्यक्रममा गुठीबारे प्रकाश पार्दै यसअघि वसन्त थापा, गोविन्द वर्तमान, दुर्गालाल श्रेष्ठ, किशोर नेपाल, किरण खरेल, नेपाल शिक्षा परिषद्, शङ्कर फागो, माया ठकुरी, राजेन्द्र विमललाई प्रदान गरिसकिएको जानकारी कार्यक्रम सञ्चालक विप्लव प्रतीकले दिए । 

कान्तिपुर

Link copied successfully