दाङमा फाइनप्रिन्ट फिभर

राजेश हमाल, सुविन भट्टराई, ददि सापकोटा र नवराज केसीसँग प्रश्नोत्तर ।

मंसिर ६, २०८२

दुर्गालाल केसी

Fineprint fever in Dang

दाङ — फाइन प्रिन्ट र अध्ययन मञ्च दाङले शनिबार घोराहीमा फाइनप्रिन्ट फिभर कार्यक्रम सम्पन्न गरेका छन् ।

फाइन्ट प्रिन्टले प्रकाशन गरेका पुस्तकहरू 'युगदेखि युगसम्म'का लेखक राजेश हमाल, 'चमेलीको फूल बैजनी रुमाल'का लेखक सुविन भट्टराई, '२१ ज्ञानीका'का लेखक ददि सापकोटा र 'स्वस्पर्शको स्पर्श'का लेखक नवराज केसीसँग प्रश्नोत्तर भएको हो ।

हमालसँग सूर्य बीसी, भट्टराईसँग प्रसना बस्नेत, सापकोटासँग सुदीप गौतम र केसीसँग घनश्याम अस्तित्वले प्रश्नोत्तर कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा पुस्तक र लेखकको लेखन यात्राबारे चर्चा गरिएको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully