विजय मल्लको जन्म १९८२ सालमा काठमाडौंमा भएको थियो ।
काठमाडौँ — नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव आयोजना गर्ने भएको छ । वर्षभरि नै विभिन्न कार्यक्रम गरी शताब्दी वर्ष मनाउने नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।
विजय मल्लको जन्म १९८२ सालमा काठमाडौंमा भएको थियो । विशिष्ट बौद्धिक स्रष्टा मल्ल नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्तै बहुआयामियक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् ।
विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा.साधना प्रतीक्षाकृत 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईद्वारा लिखित 'विजय मल्लको जीवनी' कृति पनि प्रकाशित गरिनेछ ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । नइ एकेडेमीका पूर्वकोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहेका छन् ।
