सूर्यवदनाको कविता सङ्ग्रह 'स्मृतिका छालहरू' सार्वजनिक

छन्दमा कविता लेख्ने सूर्यवदना राजनीति र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

कार्तिक २०, २०८२

रमेशकुमार पौडेल

Suryawadna's poetry collection 'Waves of Memory' released

चितवन — सूर्यवदना हमाल 'कुसुम'को कविता सङ्ग्रह 'स्मृतिका छालहरू' बिहीबार सार्वजनिक भएको छ । अभिव्यञ्जना साहित्य प्रतिष्ठानले भरतपुरमा आयोजना गरेको  कार्यक्रममा गैंडाकोट नगरपालिका नगर प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार गोविन्दराज विनोदीले उक्त कविता सङ्ग्रहको विम‍ोचन गरेका छन् ।

सङ्ग्रहमा हमालले लेखेका ४९ कविताहरू छन् ।

२०१२ चैत्रमा लमजुङमा जन्मिएकी हमालको यो दोस्रो कविता सङ्ग्रह हो । यसअघि हमालको पहिलो कविता सङ्ग्रह 'अनुभूतिका पाइलाहरू' प्रकाशित भएको थियो ।  भरतपुरमा बस्दै आएकी हमालले २०४० सालदेखि नै कविता लेख्दै आएकी छन् । खास गरेर छन्दमा कविता लेख्ने  हमाल राजनीति र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully